सीतापाइला–धार्के सडक भोलिदेखि १५ दिनका लागि बन्द हुने
कात्तिक २२, २०८१ बिहिबार
भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले एक दिवसीय क्रिकेटमा १० हजार रन पूरा गरेका छन् ।
शनिबार सिड्नीमा अष्ट्रेलियाविरुद्ध १० हजार रन पूरा गरेपछि उनी यो आंकडा पार गर्ने पाँचौ भारतीय ब्याट्सम्यान पनि बनेका छन् । अष्ट्रेलियाविरुद्ध रनको खाता खोलेसँगै उनको दश हजार रन पूरा भएको हो ।
यसअघि गएकाे नोभेम्बरमा वेस्ट इन्डिजविरुद्ध भारतमै भएको खेलमा उनी १० हजार रन पूरा गर्न एक रनले चुकेका थिए । धोनीले १० हजार रन पूरा गर्न ३ सय ३३ एक दिवसीय क्रिकेटमा २८२ इनिङ्स ब्याटिङ गरेका छन् ।
अष्ट्रेलियाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा धोनी ५१ रनमा पेभेलियन फर्किए ।
भारतका लागि यसअघि सचिन तेन्दुलकर, सौरभ गांगुली, राहुल द्रविड र विराट कोहलीले १० हजार रन बनाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।