सीतापाइला–धार्के सडक भोलिदेखि १५ दिनका लागि बन्द हुने
कात्तिक २२, २०८१ बिहिबार
काठमाण्डाै - न्यू डायमण्ड कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशष्त्र प्रहरीकाे एपीएफ क्लबले जितेको छ ।
अघिल्लो संस्करणमा पराजित भएको एपीएफले यसपटक ३–१ को सेटमा जित निकाल्दै न्यू डायमण्ड एकेडेमीसँग बदलासमेत लिन सफल भएको छ ।
पहिलो सेट २५–१६ ले जितेको घरेलु टोली न्यू डायमण्डले पछिल्ला सेट लगातार गुमाउँदा उपाधि रक्षा गर्न असफल भयो ।
एपीएफले दोस्रो सेट २५–२१ ले जित्दा तेस्रो सेट २५–२३ ले हात पारेको थियो । चौथो तथा अन्तिम सेटमा एपीएफले न्यू डायमण्डलाई २५–१८ ले निरास बनाउँदै उपाधि जित्न सफल भयो ।
प्रतियोगिताको उपाधि विजेता एपीएफले ३ लाख १ हजार प्राप्त गरेको छ भने उप विजेता न्यू डायमण्डले २ लाख १ हजार प्राप्त गर्यो । तेस्रो स्थानका लागि शनिबार भएको खेलमा नेपाल पुलिसले पोखराको टप्स माविलाई २–० को सेटमा स्तब्ध बनाएको थियो ।
यस्तै विधागतरुपमा उत्कृष्ट खेलाडीमा भने न्यू डायमण्डले वर्चश्व कायम गरेको छ । न्यू डायमण्डका प्रतिभा मालीले उत्कृष्ट स्पाइकर, झरना श्रेष्ठले उत्कृष्ट सर्भर तथा अनिसा सुनुवारले उत्कृष्ट सेटरको उपाधि जितिन् ।
यसैगरी न्यू डायमण्डकै ललिता नाथले उत्कृष्ट क्विकर र सलिना श्रेष्ठले उत्कृष्ट डिफेन्डरको उपाधि हात पारेका छन् ।
उपाधि विजेता एपीएफकी उषा विष्टले उत्कृष्ट ब्लकरको उपाधि जित्दा उत्कृष्ट प्रशिक्षकको उपाधि पनि एपीफकै ज्ञानेन्द्र विष्टले जिते । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफकै सरस्वती चौधरी बन्न सफल भइन् ।
विधागतरुपमा उत्कृष्ट खेलाडीहरुलाई ५–५ हजार रुपैयाँ प्रदान गर्दा सर्वोत्कृष्ट खेलाडी चौधरीलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।