सीतापाइला–धार्के सडक भोलिदेखि १५ दिनका लागि बन्द हुने
कात्तिक २२, २०८१ बिहिबार
काठमाण्डाै - अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमितिको बैठकले यसअघिका मानार्थ अध्यक्ष टासी घलेको मानार्थ अध्यक्षको पद खारेज गर्ने निर्णय गरेको छ ।
यसका साथै चारजना विरोधी जिल्ला अध्यक्षलाइ पनि कारबाही गर्ने निर्णय गरेको छ । एन्फाको नयाँ कार्यसमिति निर्वाचनको अधिकार प्राप्त काठमाण्डाै, भक्तपुर, ललितपुर र धादिङका जिल्ला अध्यक्षलाइ कारबाही गर्ने निर्णय गर्ने गरेको छ ।
वर्तमान कार्यसमितिले निर्वाचनलगत्तै टासी घलेलाई मानार्थ अध्यक्षमा नियुक्त गरेको थियो । निर्वाचनमा कर्माको प्यानललाइ जिताउन मुख्य योजनाकारको भूमिका निर्वाह गरेको बताए पनि पछि तिनीहरूसँगै मनमुटाव भएपछि उनी एन्फा जानै छोडेका थिए । एन्फामा पनि उनको नामको बोर्डमा टेप टाँसिएको थियो ।
टासीसँगको मनमुटावपछि कर्माको प्यानलले उनको सट्टा नविन पाण्डेलाई अन्तराष्ट्रिय विभाग प्रमुख बनाएको थियो । जसका कारण टासी झन रुष्ट देखिएका थिए । अब यो निर्णयले एन्फामा नयाँ विद्रोह सुरू हुने संकेत देखिएको छ ।
यता हालको कार्यसमितिविरूद्द आवाज उठाएको भन्दै चार जिल्लाअध्यक्षलाई कारबाही गर्ने निर्णयले हालको कार्यसमिति झन् विवादमा तानिने देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।