सीतापाइला–धार्के सडक भोलिदेखि १५ दिनका लागि बन्द हुने
कात्तिक २२, २०८१ बिहिबार
यूएईमा भैरहेको एसियन कप फुटबलमा जापान समूह विजेता बन्दै प्रि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जापानले समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानमाथि २–१ गोल अन्तरको जित निकाल्दै समूह एफबाट विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो ।
बिहीबारको खेलमा पराजित भएको उज्वेकिस्तान पनि उप विजेता बन्दै प्रि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । लगातार २ खेल जितेका दुवै टिमको नतिजाले विजेता र उप विजेता टुंगो लगाएको हो ।
उज्वेकिस्तानले सुरुआती अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा उप विजेता हुन बाध्य भयो । ४०औं मिनेटमा उज्वेकिस्तानका एल्डर सोमुद्रोभले गोल गर्दै अग्रता दिलाएका थिए ।
तर यो अग्रता जापानले ३ मिनेट पनि टिक्न दिएन । जपानका लागि योसिनोरी मुटोले गोल गर्दै पहिलो हाफमा १–१ को बराबरीमा ल्याएका थिए । ५८ औं मिनेटमा टुकासा सिटोनीले गोल गर्दै जपानलाई २–१ को अग्रता दिलाए ।
यो अग्रतालाई जापानले अन्तिम समयसम्म टिकाउन सफल भएपछि समूह विजेता बनेको हो । बिहीबार नै भएको समूह एफकै अर्को खेलमा ओमानले तुर्कीमिनस्तानलाई तीन एक गोल अन्तरले पराजित गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।