अष्ट्रेलियाविरुद्धकाे एक दिवसीय: धाेनी र जादबकाे शानदार ब्याटिङसँगै भारतले श्रृंखला २-१ ले जित्याे

 माघ ४, २०७५ शुक्रबार १६:४२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेट श्रृंखला पनि भारतले जितेको छ ।

पहिला टेस्ट सिरिज जितिसकेको भारतले शुक्रबार भएको अन्तिम तथा निर्णायक एक दिवसीय क्रिकेटमा ७ विकेटको जित निकाल्दै सिरिज जितेको हो । 
अष्ट्रेलियाले दिएको २३१ रनको लक्ष्य पछ्याएको भारतले ४९ दशमलब २ ओभरमा ३ विकेट गुमाउँदै जित हात पारेको हो ।

जितसँगै भारतले सिरिज २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

भारतको जितमा भारतीय टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी र केदार जादबले उत्कृट पारी खेले । उनीहरुका बीचमा १२१ रनको साझेदारी भएको थियो ।

धोनीले लगातार तेस्रो अर्धशतक समेत बनाएका छन् । उनी आज ८७ रनमा नट आउट रहे । जादब पनि ६१  रनमा नट आउट नै रहे ।

कप्तान विराट कोहलीले ४६ रन जोड्दा शिखर धवन २३ र रोहित शर्मा ९ रनमा आउट भए । 

मेलबर्नमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा २३० रन बनाएको थियो ।

आठ रन हुँदा पहिलो विकेट गुमाएको घरेलु टिमले २७ रनमा दोस्रो विकेट खेर फाल्यो । तर तेस्रो विकेटका लागि सन मार्स र उस्मान ख्वाजा विच ७३ रनको साझोदारी भएपछि टिम सम्हालिएको थियो ।

 भारतीय बलर युज्वेन्द्र चाहल

उसका लागि ख्वाजाले ३४ तथा सन मार्सले ३९ रन बनाए । यस्तै पिटर ह्यान्ड्सकम्बले अर्धशतकीय पारी खेल्दै ५८ रन बनाए । त्यसपछि स्टोइनिसले १०, ग्लेन म्याक्सवेलले २६ र रिचार्डसनले १६ रन बनाए ।

बलिङमा भारतका युज्वेन्द्र चाहलले ६ विकेट लिए ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया