बीपीएल: प‍हिलाे ओभरमा सन्दीपकाे किफायती बलिङ, दाेस्राे र तेस्राे ओभरमा ८-८ रन दिए

 माघ ५, २०७५ शनिबार १५:५२:० | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेश प्रिमियर लिग क्रिकेट बीपीएलमा नेपाली युवा लेग स्पीनर सन्दिप लामिछाने चौथो ओभरमै बलिङमा आएका छन् ।

सन्दिपको टिम सिलेट सिक्सर्सले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ४ विकेट गुमाएर १९४ रन बनाएको थियो ।

१९५ रनको लक्ष्य पछ्याएको रंगपुर राइडर्सविरुद्ध सन्दीपले चौथो ओभरमा आफ्नो स्पेलको पहिलो ओभर बलिङ गरेका हुन् । जसमा सन्दिपले ३ रनमात्रै खर्चिए ।

दोस्रो र अन्तिम बलमा क्याच ड्रप हुँदा विकेट लिन उनी असफल भएका थिए । पहिलाे र दोस्रो बलमा एलेक्स हेल्सले रन बनाउन सकेनन् । तेस्रो बलमा २ रन लिएका हलले चौथो बल पनि डट राखेका थिए । पाँचौ बलमा एक रन लिँदै हल ननस्ट्राइकमा आएपछि अन्तिम बल रिले रुसाेले रन बनाएन् ।

उनको क्याच पनि ड्रप भएपछि सन्दीप केही निराश देखिएका थिए ।

यसअघि  टस हारेर ब्याटिङको निम्तो पाएको सिलेटले २० ओभरमा ४ विकेट गुमाउदै एक सय ९४ रन बनायो । उसका लागि सब्बिर रहमानले ८५, अफिफ होसिनले १९, निकोलस पुरनले ४७ र कप्तान डेविड वार्नरले १९ रन बनाए । बलिङमा रंगपुरका मर्सफे मुस्तफाले दुई विकेट लिए ।

खेलकाे आठाैं ओभरमा व्यक्तिगत दाेस्राे ओभर बलिङ गरेका सन्दीपले रुसाे र डी भिलियर्सकाे जाेडीलाई ८ रन दिए ।

त्यसैगरी खेलकाे दशाैं ओभरमा व्यक्तिगत तेस्राे ओभर लिएर आएका उनले रुसाे र डी भिलियर्सकै फेरि पनि जाेडीलाई ८ रन दिएका छन् ।

अन्तिम अपडेट: कात्तिक २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया