पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुआन एअरलाइन्सकाे चार्टर्ड उडान
कात्तिक २२, २०८१ बिहिबार
काठमाण्डाै - एएफसी यू-२३ च्याम्पियनसिप फुटबलको छनौटमा नेपाल समूह ए मा परेको छ ।
एएफसीले सार्वजनिक गरेको तालिका अनुसार पश्चिम क्षेत्र छनौट अन्तर्गत नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान रहेका छन् । कतारमा हुने छनौंट खेलमा नेपालले मार्च २२ तारिखमा ओमानविरुद्ध खेल्नेछ ।
यसैगरी नेपालले २४ तारिखमा घरेलु टोली कतारविरुद्ध खेल्दा सूमह चरणको अन्तिम खेलमा २६ तारिखमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।
नेपालले चाँडै एएफसी यू -२३ को तयारी थाल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपाली राष्ट्रिय टिमका लागि विदेशी प्रशिक्षक ल्याउने तयारी गरेको एन्फाको हालैको बैठकले स्वीडेका योहान कालिनलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
मार्चको सुरुमा नेपाल आउने कालिनले नै यू-२३ को प्रशिक्षण सम्हाल्ने छन् । त्यसपछि उनलाई नै राष्ट्रिय टिमको जिम्मा दिने तयारी गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।