सीतापाइला–धार्के सडक भोलिदेखि १५ दिनका लागि बन्द हुने
कात्तिक २२, २०८१ बिहिबार
स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानको यात्रा कायम राखेको छ । आइतबार राति भएको खेलमा बार्साले लेगानेसलाई ३–१ ले हरायो । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउनका लागि लुइस स्वारेज, ओशमान डेम्बेले र लियोनल मेस्सीले गोल गरे ।
जितसँगै बार्सिलोनाले तालिकामा पाँच अंकको अग्रता कायम राखेको छ ।
कोपा डेल रे अन्तर्गत हुन लागेको सेभियाविरुद्धका खेलका लागि भनेर प्रशिक्षक अर्नेस्तो भाल्भार्डेले लियोनल मेस्सीलाई आराम दिएका थिए ।
ओश्मान डेम्बेलेको पहिलो हाफको अग्रतालाई मार्टिन ब्रेइथवेटले बराबरी गोल गरेका थिए । खेलको एक घण्टापछि बेञ्चमा रहेका मेस्सी मैदान प्रवेश गरे । मैदान आउनेबित्तिकै मेस्सीले डिबक्सको बाहिरबाट उत्कृष्ट प्रहार गरे पनि गोल हुन सकेन ।
७१औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई फेरि अग्रता दिलाए । इन्ज्युरी समयमा मेस्सीले पनि गोल गरेपछि बार्सिलोना ३–१ ले विजयी भयो ।
बार्सिलोनाले ४६ अंक बनाएको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ४१ अंक छ । लेगानेस भने २२ अंकसहित १४औं स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।