सीतापाइला–धार्के सडक भोलिदेखि १५ दिनका लागि बन्द हुने
कात्तिक २२, २०८१ बिहिबार
क्यारेवियन प्रिमियर लिग सीपीएल क्रिकेटको यो वर्षको खेल तालिका सार्वजनिक गरिएको छ ।
प्रतियोगिता आउँदाे अगस्ट २१ देखि सेप्टेम्बर २१ सम्म चल्ने छ । सीपीएलका प्रमुख कार्यकारी अधिकृत पेट रशेलका अनुसार लिगका खेलहरु ट्रिनिडाड एण्ड टोबागो र गुयनामा हुने छ ।
सीपीएलको पछिल्लो संस्करणमा नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने खेलेका थिए । जसमा उनी उत्कृष्ट इकोनोमिकल बलरसमेत बनेका थिए ।
४ दशमलव ५५ को इकोनोमीमा रन दिएका सन्दीपले ५ विकेटसमेत हात पारेका थिए । सीपीएलको मिति तोकिएसँगै अब खेलाडी अक्सनको तालिका पनि सार्वजनिक गरिने जनाइएको छ । त्यसपछि टिमहरुले खेलाडी रिटेन र रिलिज गर्न पाउने छन् ।
पछिल्लो सिजनमा सेन्ट किट्समा आवद्ध भएका सन्दीपको आउँदो संस्करणबारे कुनै निर्णय भएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।