सीतापाइला–धार्के सडक भोलिदेखि १५ दिनका लागि बन्द हुने
कात्तिक २२, २०८१ बिहिबार
काठमाण्डाै - आउँदाे माघ २६ गते स्याङ्जाको पुतलीबजारमा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
‘स्वास्थ्यका लागि दौड, राष्ट्रको लागि दौड’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा ‘क्रस कन्ट्री’ दौड प्रतियोगिता आयोजना गर्न लागिएको संस्थाका प्रमुख सल्लाहकार एवम् गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका युथ कोअर्डिनेटर लालबहादुर गुरुङले जानकारी दिनुभयो ।
मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी उहाँले ग्रामीणस्तरमा पनि राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने सूचना प्रवाह गर्न पनि सो प्रतियोगिता आयोजना गर्न लागिएको स्पष्ट पार्नुभयो । सो प्रतियोगिताबाट ग्रामीण क्षेत्रमा पर्यटनको विकास हुने अपेक्षा गरिएको छ ।
प्रतियोगिता भएको स्थानमा साइकल रुट निर्माण गरी साइक्लिङ गर्ने, स्वीमिङ पूल निर्माण गरी प्रतियोगिताहरु आयोजना गर्ने र प्याराग्लाइडिङको सम्भाव्यतासमेत अध्ययन गर्ने योजना पनि संस्थाले तय गरेको छ ।
प्रतियोगिताको उद्धघाट्न युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने पनि गुरुङले जानकारी दिनु भयो ।
क्रस कन्ट्री दौड प्रतियोगिता २१ वर्ष मुनिकालाई १४ किलोमिटर तय गरिएको छ भने खुला प्रतियोगिता ३१ किलोमिटरको हुनेछ । पुतलीबजारको बराहचौरबाट सुरु हुने प्रतियोगिता शुक्ला गण्डकी, बिरुवा हुँदै पुतलीबजारमै आएर समापन हुने पनि गुरुङले जानकारी दिनु भयो ।
प्रतियोगितामा प्रथम हुने २१ वर्ष मुनिका समूहलाई २० हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने खुला समूहको प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, दाेस्राेलाई ४० हजार र तेस्राे हुनेलाई ३० हजारको पुरस्कार दिइनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।