सीतापाइला–धार्के सडक भोलिदेखि १५ दिनका लागि बन्द हुने
कात्तिक २२, २०८१ बिहिबार
युरोपेली खेलाडीहरुको ट्रान्सफर मार्केटको आधाभन्दा बढी समय सकिएको छ । केही खेलाडीहरु एउटा क्लब छोडेर अर्कोमा आबद्ध भइसकेका छन् भने कतिपय खेलाडी क्लबको अनुमति कुरेर बसिरहेका छन् । कतिपय क्लब खेलाडी किनबेचबाट आफ्नो हिसाब किताव मिलाउन ब्यस्त छन् ।
चेल्सीका प्लेमेकर इडिन हाजार्ड यो समरको अन्त्यसम्मै क्लबमा रहने भएका छन् । विश्वकप सकिएपछि हाजार्डले चेल्सी छोडेर रियल मड्रिडमा आबद्ध हुन इच्छुक रहेको बताएका थिए । तर, चेल्सीमा उनको सम्झौता सकिन अझ डेढ वर्ष बाँकी छ ।
हाजार्डले भने, ‘मैले इंग्ल्याण्डमा कम्युनिटी शिल्डबाहेक सबै उपाधि जितिसकेको छु, यसको मतलव म लण्डन छोड्न इच्छुक छु भन्ने होइन ।’
‘मलाई फरक कुराको अनुभव गर्न मन पर्छ, तर इंग्ल्याण्डमा बस्नका लागि अझ पनि धेरै बहाना छन् ।’
‘विश्वकपपछि म क्लब छोड्न चाहन्थेँ, तर म चेल्सीमै रहेँ र करियरको सबैभन्दा उत्कृष्ट सिजन खेलिरहेको छु ।’
अर्को इंग्लिस क्लब आर्सनलले रियल मड्रिडका मिडफिल्डर जेम्स रोद्रिगेज भित्राउने इच्छा देखाएको छ । हाल लोनमा जर्मन क्लब बायर्न म्युनिखबाट खेलिरहेका रोद्रिगेजलाई आबद्ध गर्नका लागि प्रस्ताव अघि सारिसकेको बुझिएको छ । तर रियल मड्रिड भने रोद्रिगेजलाई टोटनह्याममा बेच्न चाहन्छ । रियलको नजर क्रिष्टियन इरिक्सनमाथि छ । त्यसैले रियल मड्रिड रोद्रिगेज बेचेर इरिक्सन ल्याउन टोटनह्याममा पहुँच बनाउने प्रयासमा छ ।
आर्सनलले युभेन्टसका गोलकिपर इमिल अडेरोलाई अनुबन्ध गर्न पनि इच्छुक देखिएको छ । यो सिजनको अन्त्यपछि पिटर चेकले सन्यास लिने बताएपछि आर्सनल भरपर्दा गोलकिपरको खोजीमा छ ।
अहिले २२ वर्षे गोलकिपर अडेरो साम्प्डोरियामा लोनमा खेलिरहेका छन् ।
६ साताअघि पाउल पोग्बाले म्यान्चेष्टर युनाइटेड छोड्ने सार्वजनिक रुपमै इच्छा ब्यक्त गरेका थिए । तत्कालिन म्यानेजर जोसे मोरिन्होसँगको सम्बन्ध र आफ्नो प्रदर्शनका कारण उनी वल्ड ट्राफोर्डमा सन्तुष्ट थिएनन् ।
तर मोरिन्होको बर्खास्ती, नयाँ प्रशिक्षकको उनीप्रतिको विश्वास र सबैभन्दा महत्वपूर्ण कुरा मैदानमा उनको प्रदर्शनका कारण उनी युनाइटेडमै सन्तुष्ट छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुशार पोग्बा युनाइटेडमा नयाँ सम्झौता गर्न चाहन्छन् ।
चेल्सीसँग सम्झौता गर्नका लागि युभेन्टसका फरवार्ड गोञ्जालो हिग्वेन लण्डन पुगेका छन् । चेल्सीले उनलाई युभेन्टसबाट बाँकी सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । उनी युभेन्टसबाट लोनमा मिलानमा खेलिरहेका छन् ।
काराबाओ कपको सेमिफाइनलको दोस्रो लेगमा हिग्वेन मैदानमा उत्रिनसक्ने सम्भावना छ ।
हिग्वेनको उपस्थितीपछि प्रशिक्षक माउरिसियो सार्रीले अल्भारो मोराटालाई एट्लेटिको पठाउने योजना बनाएका छन् । हिग्वेनले यसअघि नेपोलीमा सार्रीसँग काम गरिसकेका छन् ।
बार्सिलोनाले इटालियन क्लब सास्सुओलोबाट मिडफिल्डर केभिन प्रिन्स बोएटिङलाई अनुबन्ध गरेको छ । टोटनह्याबाटसमेत खेलिसकेका ३१ वर्षे बोएटिङ बार्सिलोनाले बाँकी सिजनका लागि नोउ क्याम्प भित्राएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।