वैदेशिक रोजगारीमा जाने नेपालीले अब २ सय डलर मात्रै साट्न पाउने

 माघ ९, २०७५ बुधबार १२:३७:२ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगारीमा जाने नेपालीले अब बैंकबाट २ सय डलर मात्रै साट्न पाउने भएका छन् । यसअघि ५ सय डलर साट्न पाउने व्यवस्था रहेकोमा नेपाल राष्ट्र बैंकले अब २ सय डलर मात्रै साट्न पाउने नियम बनाएको हो ।

विदेशी विनिमय सञ्चितीमा ह्रास आएको भन्दै यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । यही व्यवस्थाअनुसार अब वैदेशिक रोजगारीमा जाने नेपालीलाई २ सय डलर मात्रै सटहीको सुविधा दिन राष्ट्र बैंकले मंगलबार नै बैंकहरुलाई निर्देशन दिइसकेको छ ।

रोजगारीमा जानेहरुसँग २ सय डलर भएमा उनीहरुलाई पुग्ने राष्ट्र बैंकको दाबी छ । विदेश पुगेपछि कामदारको खर्च रोजगारदाताले बेहोर्ने भएकाले २ सय डलरले पुग्ने राष्ट्र बैंकको भनाई छ । 


 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया