सीतापाइला–धार्के सडक भोलिदेखि १५ दिनका लागि बन्द हुने
कात्तिक २२, २०८१ बिहिबार
यूएईविरुद्ध पहिलो एक दिवसीय सिरिजमा नेपालले ११४ रनको लक्ष्य दिएकाे छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३३ ओभर पाँच बलमा अलआउट हुँदै ११३ रनमा समेटियो । ५० ओभरको खेलमा अभ्यस्त नभएको नेपाली टोलिका ब्याट्सम्यान एकपछि अर्को गरी पवेलियन फर्किए ।
पहिलो ओभरको चौथो बलमा नै ज्ञानेन्द्र मल्ल खाता नै खोल्न नपाई क्याच आउट भए । त्यसपछि विनोद भण्डारी पनि पाँच रन बनाएका आउट भए । एक दिवशीयमा विनोद भण्डारीको डेब्यू खेल हो । दुबै खेलाडी मोहम्मद नाभिदको बलमा विकेटकिपर गुलाम शाब्बरबाट क्याचआउट भएका थिए ।
पारस खड्का र सोमपाल कामीले नेपाललाई ४४ रनको स्थितिमा पुर्याए । तर पारस खड्का २० रनमा आउट भए । पारसले ३६ बलमा तीन चौका प्रहार गर्दै २० रन बनाएका थिए । त्यसपछि क्रिजमा आएका दिपेन्द्र सिंह ऐरी शून्यमै रन आउट भए । नेपालको स्कोर ७१ रन हुँदा सोमपाल कामी ३० रन बनाएर एलबीडब्ल्यू आउट भए ।
डेब्यू गरेका पवन सर्राफले एटा चौका हान्नु बाहेक कुनै ठूलो योगदान दिन सकेनन् । करण केसी तीन रन बनाएर आउट हुँदा नेपालले ८० रनमा सात विकेट गुमायो । त्यसपछि बसन्त रेग्मी पनि डकआउट भए ।
आरिफ शेखले २५ रन बनाए भने त्यसपछि क्रिजमा आएका सन्दीप लामिछानेले १५ रन बनाए । बलिङ तर्फ मोहम्मद नभिद र अमिर हयातले तीन तीन विकेट लिए भने इमरान हैदरले २ विकेट हात पारे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।