सीतापाइला–धार्के सडक भोलिदेखि १५ दिनका लागि बन्द हुने
कात्तिक २२, २०८१ बिहिबार
डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियालाई हराउँदै यूएई एसियन कपको सेमिफाइनलमा पुगेको छ । बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियामाथि १–० को जीत दर्ता गर्दै आयोजक यूएई सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।
यूएईलाई सेमिफाइनलमा पुर्याउनका लागि अलि अहमेद मब्खाउटको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बनेको खेलको ६८औं मिनेटमा अलिले गोल गर्दै यूएईलाई अग्रता दिलाएका थिए । बाँकी समयमा अष्ट्रेलिया खेलमा फर्किन नसक्दा पराजित भयो ।
यूएई सेमिफाइनलमा पुगेसँगै एएफसी एसियन कपको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । सेमिफाइनलमा तीनवटा खाडी मुलुक पुगेका छन् । यसअघि इरान र कतार पनि सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनलमा पुग्ने अर्को मुलुक जापान हो ।
अब सेमिफाइनलमा यूएईले कतारसँग प्रतिस्पर्धा गर्नेछ भने इरानको भेट जापानसँग हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।