मदन भण्डारी इटहरी गोल्डकप आजदेखि

 माघ १२, २०७५ शनिबार ९:७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी –  दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । 

सुनसरीको इटहरीमा हुने प्रतियोगिताको उद्धघाटन खेलमा मेची नेत्रालय काकडभिट्टा र दाफिन्स फेमिली फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यो प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । 

प्रतियोगितामा २ विदेशी टिमसहित ८ टिमको सहभागिता छ । नेपालका विभागीय टोली पुलिस, आर्मी सँगै मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिगं सेन्टर र आयोजक राष्ट्रिय जागृति क्लबको सहभागिता रहने प्रतियोगिता संयोजक एवंम एन्फा सुनसरी कोषाध्यक्ष कोबितजंग कार्कीले बताउनुभयो 

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारबाट गरिने छ । गोल्डकपको विजेताले यो वर्ष १६ लाख रुपैयाँ र उपविजेताले ८ लाख रुपैयाँ नगद पाउने छन् । 

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ३० हजार सहित ४२ इञ्चको एलइडी टिभी र सर्वाधिक गोलकर्ताले नगद ३० हजार पाउने छन् । अन्य विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले जनही नगद २० हजार पाउने र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद १० हजारसहित ट्रफी पाउने आयोजकले जनाएको छ । 


 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया