नेपालको उत्कृष्ट प्रदर्शन : पहिलो 'पावर प्ले'मा १४ रन दिएर दुई विकेट

 माघ १४, २०७५ सोमबार १२:१६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धको तेस्रो एक दिवसीय खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको छ । पहिलो पावर प्लेमा नेपालले १४ रन दिएर दुई विकेट लिएको छ । यसक्रममा ओपनर बलर करण केसी र सोमपाल कामी दुबैले एक एक विकेट लिए ।

सोमपालले पाँच ओभर बलिङ गर्दै सात रन दिएर एक विकेट लिँदा तीन ओभर मेडन राखे । करण केसीले पनि पाँच ओभरमा सात रन दिएर एक विकेट लिँदै दुई ओभर मेडन राखे । तेस्रो ओभरमा सोमपालले अश्फाक अहमेदलाई विकेट किपर विनोद भण्डारीबाट क्याचआउट गराएका थिए ।

त्यसपछि करण केसीले चिराग सुरीलाई पनि विनोद भण्डारीबाटै क्याचआउट गराएका थिए । अब बलिङ गर्नका लागि कप्तान पारस खड्का आएका छन् ।

अन्तिम अपडेट: कात्तिक २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया