तेस्राे एक दिवसीय: सिरिज जित्न नेपालले पायाे २५५ रनकाे लक्ष्य

 माघ १४, २०७५ सोमबार १५:१४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएई भ्रमणमा रहेको नेपालले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा २५५ रनको लक्ष्य पाएको छ ।

टस जितेर बलिङ गर्ने निर्णय गरेको नेपालले यूएईलाई निर्धारित ओभरमा पाँच विकेट लिँदै २५४ रनमा रोक्यो । 

नेपाली बलरले उत्कृष्ट सुरुवात गरेका थिए । पहिलो दुई ओभरमा सोमपाल कामी र करण केसीले मेडन राखेका थिए भने तेस्रो ओभरमा नेपालले विकेट लिन सफल भयो । सोमपाल कामीले तेस्रो ओभरमा अश्फाक अहमेदलाई विनोद भण्डारीबाट क्याच आउट गराए । 

छैटौं ओभरमा करण केसीले चिराग सुरीलाई शून्य रनमै विनोद भण्डारीबाट क्याच आउट गराए । पहिलो पावरप्लेको समाप्तिमा यूएईलाई नेपालले १४ रनमा रोक्यो । यो स्कोर एक दिवसीय क्रिकेट इतिहासकै सबैभन्दा कम पावरप्ले रेकर्डको दोस्रो कम स्कोर बनेको छ ।

२०औं ओभरमा सन्दीप लामिछानेले गुलाम शाब्बरलाई एलबीडब्ल्यू आउट गराए । शाब्बरले १८ रन बनाएका थिए । त्यसपछि २१औं ओभरमा पारस खड्काले मोहम्मद उस्मानलाई ललित राजवंशीबाट क्याचआउट गराएपछि नेपालले चौथो विकेट हात पारेको थियो । 

त्यसपछि करणले चुन्डोपिल रिजवानलाई ४५ रनको अवस्थामा विनोद भण्डारीबाट क्याचआउट गराएपछि नेपालले पाँचौं विकेट लिएको थियो । 

त्यसपछि शाइमान अनवर र मोहम्मद बूताले उत्कृष्ट ब्याटिङ गरे । अनवरले ८७ रन जोड्दा बुताले ५९ रन जोडेका थिए ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया