एक दिवसीयमा पारसकाे दुई कीर्तिमान: दुई अर्धशतक र व्यक्तिगत सर्वाधिक रन

 माघ १४, २०७५ सोमबार १८:७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धको एक दिवसीय सिरिज अन्तर्गत तेस्रो एक दिवसीय खेलमा पारस खड्काले दुईवटा कीर्तिमान बनाएका छन् ।

पहिलो विकेट पतन भएपछि क्रिजमा आएका पारस खड्काले अर्धशतक पूरा  गर्दै एक दिवसीयमा दुई अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बन्न सफल भएका छन् । उनले नेदरल्याण्डसविरुद्धको खेलमा ५१ रन बनाएका थिए ।

यस्तै उनले आज व्यक्तिगततर्फ पनि सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । यो रेकर्ड बनाउनका लागि उनले सोमपाल कामीलाई पछि पारे । सोमपालले पनि नेदरल्याण्डस्विरुद्धको खेलमा ६१ रन बनाएका थिए । 

यस्तै उनी एक दिवसीयमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । उनले १८० रन पार गरिसकेका छन् ।

अन्तिम अपडेट: कात्तिक २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया