सीतापाइला–धार्के सडक भोलिदेखि १५ दिनका लागि बन्द हुने
कात्तिक २२, २०८१ बिहिबार
जापान एसिएन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यूएईमा जारी प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो सेमिफाइनलमा इरानलाई ३–० गोल अन्तरले पराजित गर्दै जापान उपाधि नजिक पुगेको हो ।
पहिलो हाफ गोलरहित बराबरी खेलेकोमा तीनै गोल जापानले दोस्रो हाफमा गरेको थियो । जापानका लागि याया ओशाकाले दुई तथा जेन्की हेरगुचले एक गोल गरेका थिए ।
५६ औं मिनेटमा योया ओशाकाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । १–० ले अघि रहेका बेला जापानले ६७ औं मिनेटमा पेनाल्टी पाएको थियो । इरानका खेलाडीले डी बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई ओशाकालेनै गोलमा परिणत गर्दै अग्रता २–० मा पुर्याएका थिए ।
९१ औं मिनेटमा जेन्की हरगुचले गोल थप्दै जापानलाई इरानमाथि ३–० को जित दिलाउन सफल भए । जापानले अब उपाधिका लागि कतार र यूएईको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।