चीन नेपाल रेलमार्ग: महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुँदै

 असार ७, २०७५ बिहीबार ७:२०:३६ | उज्यालो सहकर्मी

काठमाडौं – चीनबाट काठमाडौंसम्म रेल ल्याउने विषयमा नेपाल र चीनबीच विहीबार महत्वपूर्ण सम्झौता हुँदैछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डल र चीनिया पक्षबीच आज रेलसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

चिनियाँ भूमि सिगात्सेसम्म आइपुगेको रेल काठमाडौंसम्म जोड्न चीन सहमत भएपनि लगानी लगायतका विषयमा भने टुंगो लागिसकेको छैन । 
सम्झौतामा लगानीको विषय पनि समेटिने समाचार श्रोतहरुले दावी गरेका छन् । 

नेपाल र चीनबीच यसबारेमा छलफल भइरहेपनि टुंगो भने अझै लागिसकेको छैन । 

श्रोतहरुका अनुसार लगानीमध्ये केही चीनले अनुदानमा ब्यहोर्ने र केही ऋण दिने सम्भावना छ । 

नेपालले चीनलाई सवै अनुदानमा रेलमार्ग बनाइदिन आग्रह गरेपनि चिनियाँ पक्षले शतप्रतिशत अनुदान दिन नसक्ने कुरा घुमाउरो तरिकाले जानकारी गराएको छलफलमा सहभागी नेपालका सरकारी अधिकारीहरुले बताएका छन् ।

नेपालले ऋण लिएरै भएपनि चिनियाँ रेलको परियोजना अघि बढाउने तयारी गरेको छ । तर ऋण चीन सरकारले नै दिने वा नेपालले अरु दातृ निकायँंग खोज्नुपर्ने तथा चीनले नै दिने भए ब्याजदर कति हुने लगायत कुरामा सहमति हुन बाँकी छ । 

भनेजस्तो भएमा अबको ७–८ वर्षमा काठमाडाैंसम्म चिनियाँ रेल आइपुग्ने नेपाली पक्षको दावी छ ।

अबको बढीमा २ वर्षभित्रमा रेलको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने, त्यसपछि काम थाल्ने र ५ वर्षसम्ममा सिगात्सेबाट काठमाडौंसम्म रेल ल्याइपुर्याउने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

आज सहमति भए र त्यसअनुसार काम अघि बढे नेपाल र चीन रेलमार्गमा जोडिने कुरा सपना मात्र नहुने दुवै देशका सरकारी अधिकारीहरुको भनाई छ । 
 

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया