फिल्म ‘सञ्जु’ मा रणवीर कपूर नभर्इ रणवीर सिंह थिए पहिलो रोजाई

 असार ७, २०७५ बिहिबार १३:३:४५ | उज्यालो सहकर्मी

फिल्म निर्देशक राज कुमार हिरानीको फिल्म ‘सञ्जु’ यही जून २९ मा प्रदर्शन हुदैछ । 

यो फिल्म बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित छ । फिल्ममा रणवीर कपूरले सञ्जय दत्तको भूमिका निर्वाह गरेका छन् । जब यस फिल्मको पोस्टर र ट्रेलर सार्वजनिक गरियो रणवीर कपूरको अभिनय र लूक्सले सबैलाई चकित बनाइदियो । 

फिल्ममा रणवीर कपूरको लूक्स हेर्दा उनलाई चिन्न गाह्रो हुन्छ । उनी सञ्जय दत्तको भूमिकामा यति डुबेका छन कि उनी हुबहु सञ्जय दत्त जस्तै देखिएका छन्। 
रणवीरले यस फिल्मबाट दर्शक तथा प्रशंसकहरुको वाहवाही पाइरहेका छन् । ‘सञ्जु’ मा अभिनेता सञ्जय दत्तको जीवनका फरक फरक रंगहरु हेर्न पाइनेछ । 

यसैबीच अहिले यस फिल्ममा रणवीर कपूर नभइ कोही अर्को अभिनेता पहिलो रोजाइमा रहेको कुरा सार्वजनिक भएको छ ।

‘सञ्जु’ मा सञ्जय दत्तको भूमिकामा यस फिल्मका निर्माता विधु विनोद चोपडाको पहिलो रोजाइ अभिनेता रणवीर सिंह थिए । जब निर्देशक राज कुमार हिरानीले चोपडा सामु रणवीर कपूरको कुरा राखे उनलाई यो कुरा चित्त बुझेन । 

चोपडालाई रणवीर कपूरले सञ्जय दत्तको भूमिकामा काम गर्न सक्छन् या सक्दैनन् भन्ने कुरामा शंका थियो ।

उनी रणवीर सिंहलाई यस भूमिकामा देख्न चाहन्थे । जब उनको चाहना बिपरित रणवीर कपूरलाई फिल्ममा फाइनल गरियो तब विधु विनोद चोपडा रिसाएका थिए । 

तर जब उनले रणवीर कपूरलाई सञ्जय दत्तको भूमिकामा अभिनय गरेको देखे, त्यस पछि आफूले गरेको शंका गलत भएको महसूस गरे । हाल एक कार्यक्रममा अन्तरवार्ताका क्रममा निर्माता विधु विनोद चोपडा स्वयंले यस कुराको खुलासा गरेका छन् । 

फिल्म ‘सञ्जु’ मा सञ्जय दत्तकी पहिलो पे्रमिका टिना मुनिमको भूमिकामा अभिनेत्री सोनम कपूर छिन भने बुबा सुनिल दत्तको भूमिकामा परेश रावल, आमा नरगसिको भूमिकामा मनिषा कोइराला र श्रीमति मान्यता दत्तको भूमिकामा अभिनेत्री दिया मिर्जा रहेकी छिन् । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया