भोलिदेखि राहदानी विभाग ९ बजे नै खुल्ने

 फागुन ३०, २०७५ बिहिबार १४:२३:१२ | उज्यालो सहकर्मी

काठमाण्डौ – राहदानी विभागले भोलि शुक्रबारदेखि कार्यालय समय परिवर्तन गर्ने भएको छ ।

शुक्रबारदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खुल्ने राहदानी विभागले जनाएको छ । सेवाग्राहीको चाप व्यवस्थापन र कामको गुणस्तर तथा प्रभावकारिता बढाउन ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खोल्ने निर्णय गरिएको विभागले जनाएको छ । 

पहिले पनि विभागको कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म थियो । तर यो वर्षको सुरुदेखि प्रविधिक कारण देखाउँदै कार्यालय समय १० बजेदेखि ५ बजेसम्म बनाएको थियो । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया