काभ्रेमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान

 चैत ६, २०७५ बुधबार ८:१८:४८ | कपिल कोइराला
unn.prixa.net

काभ्रे – काभ्रेको रोशी गाउँपालिका २ खहरेपाँगुको काफलडाँडामा प्रहरी र विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको छ । चन्द नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गर्न खोज्दा उनीहरुले गाेली चलाएपछि र प्रहरीले पनि जवाफी फायरिङ गरेकाे बुझिएको छ । गोली हानाहान हुँदा के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।

विप्लव समूहका नेता तथा कार्यकर्ता त्यहाँ छन् भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखा टोली मंगलबार साँझ त्यहाँ पुगेको थियो । जिल्ला प्रहरी कार्यालयलाई समेत थाहा नदिई आएको टोली कार्वाही गरेर फर्किएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले घटनाबारे थप जानकारी लिन जिल्ला पहरी कार्यालयको टोली घटनास्थलमा पठाइएको जानकारी दिनुभयो ।

महाशाखाका अनुसार नेकपाको गतिविधिबारे सूचना आएपछि महाशाखाका एसपी सोमेन्द्र राठौर र डीएसपी रुगम कुँवर नेतृत्वको टोली खहरेपाँगु पुगेको थियो ।

देशमा हिंसात्मक गतिविधि बढाएको भन्दै गएको फागुन २८ गते चन्द समूहका गतिविधिमा प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको थियो । निर्णयको पालना गर्दै प्रहरी त्यस ठाउँमा पुगेको प्रहरी स्रोतको भनाई छ । 

अन्तिम अपडेट: चैत २, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया