‘धडक’ को ‘झिंगाट’ गीतमा जान्हवी कपूर र इशान खट्टरकाे शानदार अन्दाज

 असार १३, २०७५ बुधबार १५:५१:२२ | एजेन्सी
unn.prixa.net

अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपूर तथा इशान खट्टर अभिनित फिल्म ‘धडक’ को ‘झिंगाट’  गीत सार्वजनिक भएको छ । यसअघि ‘धडक’को ट्रेलर र पहिलो गीत सार्वजनिक भएको थियो । 

प्रोमो र पहिलो गितबाट फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ । अहिले फेरि दोस्रो गीत ‘झिंगाट’ मा जान्हवी र इशान शानदार अन्दाजमा डान्स गरेका छन । गीतमा जान्ह्वी र इशानको लुक, अभिनय तथा हाउभाउ निकै प्रभावशाली रुपमा देखाइएको छ 

फिल्म ‘धडक’ मराठी भाषाको फिल्म ‘सैराट’ को हिन्दी रिमेक हो । ‘झिंगाट’ गीत पनि ‘सैराट’ फिल्मबाट लिइएको हो । मराठी ‘गीत’ झिंगाटलाई ‘धडक’का लागि रिमेक गरिएको छ । यसअघि ‘सैराट’ का लागि आवाज दिएका गायक अजय–अतुलले नै यस गितलाई हिन्दीमा गाएका छन । 


 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया