बाबुआमाले जाँड–रक्सी खाएर लछारपछार गर्दा चार महिने शिशुको ज्...
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ बारा र पर्सालगायतका जिल्लामा वर्षासँगै आएको भीषण हावाहुरीका कारण भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।
उहाँले घटनामा ठूलो संख्यामा जनसमुदाय घाइते भएकोमा सहानुभूति प्रकट गर्दै घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउनु भएको छ ।
राष्ट्रपति भण्डारीले भीषण हावाहुरीले त्यस क्षेत्रमा रहेका घर, सवारीसाधन, अन्नबाली, फलफूलखेतीका साथै अन्य भौतिक संरचनामा पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्नुहुँदै राहतको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यान पुग्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले हावाहुरी, बाढी, पहिरो, डढेलो, आगलागीजस्ता प्राकृतिक प्रकोपबाट जोगिन र जोगाउन सम्बद्ध सबै पक्षले समयमा नै पूर्व सावधानी अपनाउनसमेत ध्यानाकर्षण गराउनु भएको छ ।
साथै भौतिक पूर्वाधार विकास गर्दा जोखिम न्यूनीकरणका सबल उपायहरू अवलम्बन गर्न सरोकारवाला सबै पक्षहरू सचेत रहनुपर्ने उहाँले बताउनुभयो।
देशका विभिन्न भागमा भएका सडक दुर्घटनामा परी जीवन गुमाउनेहरूका परिवारप्रति समवेदना प्रकट गर्नु हुँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।