यस्तो रह्यो हैदरावादविरुद्ध ओपनिङ बलिङ गरेका सन्दीपको प्रदर्शन

 चैत २२, २०७५ शुक्रबार ७:४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराइजर्स हैदराबादबिरुद्धको खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सको ओपनिङ बलिङको अवसर पाए पनि प्रभावशाली देखिएनन् ।

सन्दीपले आफ्नो स्पेलको ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । जारी आईपीएलमा उनले ३ खेलमा चौथो विकेट लिएका हुन् । आफ्नो स्पेलमा सन्दीपले ३ चौका र १ छक्का ब्यहोरे ।

हैदराबादले १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टोली दिल्लीका लागि स्पिनर सन्दीपले पहिलो ओभरमा ६ रन खर्चिए ।

दिल्लीबाट लगातार तेस्रो खेलमा अवसर पाएका सन्दीपको बललमा पहिलो ओभरमै हैदराबादका जोनी बेरिस्टोले चौका प्रहार गरेका थिए ।

आफ्नो स्पेलको दोस्रो ओभरमा पनि विकेटविहीन बनेका सन्दीपले १३ रन खर्चिए । 

बेरिस्टोले पहिलो र दोस्रो बलमा छक्का र चौका प्रहार गरे । ओभरको पाँचौं बलमा डेभिड वार्नरबिरुद्ध एलबीडब्ल्यूको अपील गरे पनि अम्पायरले दिएनन् । सन्दीपकै दवाबमा कप्तान श्रीयास आयरले टिभी अम्पायरको साहरा लिएका थिए । तर, फिल्ड अम्पायरको निर्णय परिवर्तन भएन ।

नवौं ओभरमा आफ्नो तेस्रो ओभर लिएर आएका सन्दीपले ५ रन खर्चिए । आफ्नो अन्तिम ओभरको अन्तिम बलमा उनले विकेट लिए । १६ औँ ओभर बलिङ गरेका सन्दीपले अन्तिम बलमा दीपक हुड्डालाई कागिसो रावाडाको हातबाट क्याच आउट गराएका हुन् ।

सन्दीपले आफ्नो अन्तिम ओभरमा १ चौकासहित ८ रन खर्चिए ।

यसअघिका २ खेलमा सन्दीपले ३ विकेट लिएका थिए । पहिलो खेलमा कोलकाताबिरुद्ध १ विकेट लिएका उनले दोस्रो खेलमा किंग्स ११ पञ्जावबिरुद्ध २ विकेट लिएका थिए ।

समग्रमा सन्दीपले आईपीएलमा ८ विकेट लिएका छन् । अघिल्लो संस्करणमा दिल्लीका लागि अन्तिम तीन खेलमा अवसर पाएका सन्दीपले ५ विकेट लिएका थिए ।

अन्तिम अपडेट: कात्तिक २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया