यसकारण ‘सञ्जु’ मा काम गर्न तयार थिइनन् मनिषा कोइराला

 असार १४, २०७५ बिहिबार ११:३८:२२ | एजेन्सी
unn.prixa.net

बलिउड फिल्म ‘सञ्जु’ प्रदर्शन हुन अब एकदिन मात्रै बाँकी छ । जून २९ का दिन लामो समयदेखि पर्खिरहेका दर्शकहरुले सञ्जय दत्तको जीवन कथालाई यस फिल्म मार्फत हेर्न पाउनेछन् । यसैबीच फिल्म ‘सञ्जु’ सँग जोडिएका धेरै कुराहरु बहिर आएका छन् । त्यस मध्ये अभिनेत्री मनिषा कोइरालाको भूमिका पनि एक हो ।

उनले यस फिल्ममा अभिनेत्री नरगिसको भूमिका निर्वाह गरेकी छिन् । यी दुवै अभिनेत्रीहरुको जीवनको एउटा कुरामा समानता पनि छ । तर अहिले उनै मनिषाले आफूसँग पहिले यस भूमिकाको लागि काम गर्न हिम्मत नभएको बताएकी छिन् ।

नरगिस र मनिषाबीचको समानता हो क्यान्सर । दुवैलाई क्यान्सर भएको थियो । तर एकले क्यान्सरँगको युद्ध हारेर यो संसारसँग बिदा भइन् भने अर्की अभिनेत्रीले क्यान्सरसँगको युद्ध जितेर नयाँ जीवनको सुरुवात गरेकी छिन् । तर जब फेरि पनि उहि पहिलेको क्यान्सरसँगको यूद्धको दिनहरु बिताउने अभिनय गर्ने कुराले उनी अप्ठ्यारोमा परिन् । 

फिल्म ‘सञ्जु’मा सञ्जय दत्तकी आमा नरगिसको भूमिका निर्वाह गरेकी मनिषा कोइराला स्वयमले एक अन्तरवार्ताको क्रममा भनेकी छिन् की उनलाई यस भूमिकामा काम गर्नका लागि हुन्छ भन्न निकै गाह्रो भएको थियो । किनकी नरगिसलाई क्यान्सर भएको अवस्थाको अभिनयका लागि मनिषालाई भनिएको थियो तर मनिषा भर्खरै क्यान्सरबाट तंग्रीएर जीवन सुरुवात गरिरहेकी थिइन् । त्यसैले उनीलाई उक्त भूमिका निर्वाहगर्न सक्छु या सक्दिन भन्नेमा दुविधा थियो ।

पछि जब यस फिल्मका निर्देशक राजकुमार हिरानी आफैँ आएर उनको भूमिकाको बारेमा सम्झाए त्यस पछि मात्रै आफू अभिनयका लागि तयार भएको कुरा बताएकी छिन । ‘सञ्जु’का बारेमा कुरा गर्दै मनिषाले भनेकी छिन् ‘यो फिल्म सञ्जय दत्त र उनका पिता सुनिल दत्तबीचको सम्बन्ध वरिपरि नै घुमेको छ । फिल्मको सुरुवात नै त्यहाँबाट  भएको छ जब सञ्जय दत्तको जीवनमा अप्ठ्यारोहरु आएका हुन्छन् त्यतिबेला सञ्जयकी आमा नरगिससँग उनका जीवनका थोरै दिनहरुमात्रै बाँकी थिए । 

त्यो भूमिका मेरा लागि सजिलो थिएन । त्यही दुखाई, त्यही पीडामा दोस्रो पटक जिउन निकै गाह्रो थियो । नरगिसको भूमिका निर्वाह गर्नका लागि आत्मिक शक्तिको धेरै आवश्यक थियो । मैले उनको जीवन  जिउने कोसिस गरेकी छु । केवल उनी जस्ती देखिनु र उनले जस्तै गरि कपाल मिलाउन मात्र काफी थिएन । मैले उनको स्वभाव र उनको आत्मालाई बुझ्नु थियो । मैले जति गरेकी छु त्यो कति सफल भयो भन्ने कुरा अब दर्शकले छिट्टै थाहा पाउनेछन ।’

मनिषाले अगामी दिनमा नरगिस दत्तको जीवनमा बायोपिक बनेछ भने त्यसमा आफूले यस भूमिकामा काम गर्ने बताएकी छिन । मनिषा अहिले बलिउडमा एक पछि अर्को गर्दै अभिनयमा व्यस्त हुन थालेकी छिन् । उनी ‘सञ्जु’ पछि फिल्म ‘प्रस्थानम’ मा काम गरिरहेकी छिन् । यस फिल्ममा सञ्जय दत्त मुख्य अभिनेता छन् भने मनिषा कोइराला उनकी श्रीमतीको भूमिकामा छिन् ।

फिल्म ‘सञ्जु’ मा सञ्जय दत्तको भूमिकामा अभिनेता रणवीर कपूर छन् भने परेश रावल सञ्जयका पिताको भूमिकामा छन । यस फिल्ममा मनिषा कोइरालाका साथै सोनम कपूर, अनुष्का शर्मा, दिया मिर्जा पनि रहेका छन् । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया