अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई प्रधानमन्त्री ओलीको बधाई
कात्तिक २२, २०८१ बिहिबार
अफगानिस्तान क्रिकेट बोर्ड (एबीसी) ले विश्वकपको पूर्वसन्ध्यामा अशगर अफगानलाई कप्तानको जिम्मेवारीबाट बर्खास्त गरेको छ । योसँगै क्रिकेट बोर्डले तीन फर्म्याटमा अलग-अलग कप्तान नियुक्त गरेको छ ।
बोर्डको यो फैसलालाई लिएर आफगानिस्तानका दुई खेलाडी राशिद खान र मोहम्मद नाबीले असन्तुष्टि जनाएका छन् । यी दुई खेलाडीले यो परिवर्तनलाई लिएर आलोचना गरेका छन् । राशिद खान र मोहम्मद नाबीले सामाजिक सञ्जाल ट्विटरमार्फत् बोर्डले कप्तान परिवर्तन गरेको समयलाई लिएर प्रश्न उठाएका छन् ।
क्रिकइन्फोको रिपोर्टअनुसार, एबीसीले अशगर अफगानको ४ वर्षको कप्तानीमा पूर्णविराम लगाउँदै एकदिवसीय फर्म्याटमा गुलबदिन नैब, टी-२० फर्म्याटमा राशिद खान र टेस्ट फर्म्याटमा रहमत शाहलाई कप्तान चुनेको हो ।
मोहम्मद नाबीले ट्वीट गर्दै भनेका छन् कि असगरले टिमको कप्तानी राम्रोसँग गरिरहेका थिए र उनकै मार्गदर्शनमा टिमले राम्रो प्रदर्शन गरेको थियो । उनी ट्वीटमा लेख्छन्, ‘टिमको प्रधान खेलाडी भएको नाताले र अफगानिस्तानको क्रिकेट अगाडि बढेको देख्दा देख्दै ठिक विश्वकपअघि कप्तान परिवर्तन गरिनु सही समय होइन । असगरको मार्गदर्शनमा टिमले राम्रो प्रदर्शन गरेको छ र मेरो व्यक्तिगत विचारमा उनले नै टिमको नेतृत्व गर्नु उपयुक्त हुन्छ ।’
Being a senior member of the side & having seen the rise of Afghanistan cricket @ashrafghani I don’t think it’s the right time to change the captain before the WC @afgexecutive The team has gelled really well under #Asghar & personally feel he is the right man to lead us @hmohib
— Mohammad Nabi (@MohammadNabi007) April 5, 2019
३१ वर्षीय असगरले मोहम्मद नाबीपछि टिमको नेतृत्व सम्हालेका थिए । उनकै कप्तानीमा अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को पूर्णकालिक सदस्य बन्दै गएको महिना देहरादुनमा आयरल्याण्डविरुद्धकाे ऐतिहासिक टेस्टमा पहिलो जित दर्ता गरेको थियो ।
उनकै अगुवाइमा अफगान टिमले आईसीसी विश्वकप छनोट २०१८ मा जित हासिल गरेको थियो । अफगानिस्तानले फाइनलमा वेस्टइण्डिजलाई हराएको थियो । ५९ टी-२० खेलमा कप्तानी गरेका अशगरले ३७ खेलमा अफगानिस्तानलाई जिताएका छन् । उनले एकदिवसीयमा पनि ३१ खेल जिताएका छन् ।
विश्वकै १ नम्बर टी-२० का बलर राशिद खानलाई टी-२० टिमको कप्तान र एकदिवसीय क्रिकेटको उपकप्तान बनाइएको छ । तर राशिद पनि यो निर्णयलाई लिएर खुशी छैनन् । ‘चयन समितिको सम्मान गर्दै म यो फैसलाको विरुद्धमा छु, यो फैसलालाई गैरजिम्मेवारी र एकोहोरो मान्छु । क्रिकेटको विश्वकप नजिकिँदै गर्दा अशगरले नै कप्तानको जिम्मेवारी निभाउनुपर्छ’; राशिदले ट्विटरमा लेखेका छन् ।
With all the respect to the Selection Committee, I strongly disagree with the decision as it is irresponsible & bias. As we have @cricketworldcup in front of us, Captain #MAsgharAfghan should remain as our team Captain. His captaincy is highly instrumental for team success .(1/2)
— Rashid Khan (@rashidkhan_19) April 5, 2019
With just months to go for such a mega event like World Cup, changing the captain will cause uncertainty and also team morale will be affected. @ashrafghani @afgexecutive @hmohib( 2/2)
— Rashid Khan (@rashidkhan_19) April 5, 2019
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।