अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई प्रधानमन्त्री ओलीको बधाई
कात्तिक २२, २०८१ बिहिबार
ओलम्पिक छनोट अन्तर्गत नेपाली महिला फुटबल टिम भारतसँग ३–१ गोल अन्तरले पराजित भएको छ ।
पराजित भएसँगै नेपालकाे ओलम्पिक खेल्ने सपना सकिएको छ । यसअघि म्यानमारसँग पराजित भएको नेपालले अब अन्तिम खेलमा मंगलबार इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने छ ।
शनिबार भएको खेलमा नेपालले पहिलो हाफ एक एक गोलको बराबरी खेले पनि थप दुई गोल दोस्रो हाफमा ब्यहोरेको थियो । छैटौं मिनेटमा असलत देवीको प्रहार रोक्ने क्रममा डिफेन्डर पुनम जर्घामगरले आफ्नै पोस्टमा गोल गर्न पुगेकी थिइन् ।
भारतले लिएको सो अग्रता एक मिनेटपनि टिक्न सकेन । सातौं मिनेटमा सावित्रा भण्डारीको पासमा निरु थापाले गोल गर्दै खेल बराबरीमा पुर्याइन् ।
५८ औं मिनेटमा भारतले अग्रता २–१ मा पुर्याएको थियो । भारतका लागि ७९ औं मिनेटमा पेनाल्टी मार्फत थप एक गोल गरेको थियो । डी बक्सभित्र फल भएपछि पाएको पेनाल्टीलाई भारतकी अष्टलतादेवीले पेनाल्टी मार्फत गोल गर्दै ३–१ को अवस्थामा पुर्याइन् ।
त्यसपछि थप गोल नभएपछि भारतले ३–१ गोल अन्तरको जित निकाल्न सफल भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।