‘धूम ४’ मा रणवीरसँगै साथ धूम मच्चाउँदै सलमान

 असार १४, २०७५ बिहिबार १४:२४:० | एजेन्सी

बलिउडका ‘धूम’ सिरिज दर्शक माझ निकै लोकप्रिय छन् । हालसम्म धूम फ्रेन्चाइजको ३ वटा फिल्म दर्शकमाझ आइसकेका छन भने अहिले यसको चौथो संस्करणको पनि घोषणा भएको छ । 

जति चर्चा ‘धूम’ फिल्मको ३ वटा सिरिजको भएको थियो त्यो भन्दा धेरै चर्चा अहिले ‘धूम ४’ को भइरहेको छ । 

चर्चाको मूख्य विषय बनेका छन् अभिनेता सलमान खान र रणवीर सिंह ।  फिल्म निर्माता आदित्य चोपडाले सलमान खानलाई यस फिल्मका लागि साइन गरिसकेका छन् । फिल्ममा सलमान खानका साथै अभिनेता रणवीर सिंह पनि मुख्य भूमिकामा देखिनेछन् । तर यशराज प्रोडक्शनले यस कुरालाई आधिकारिक रुपमा घोषणा भने गरिसकेको छैन ।

खबर अनुसार यस फिल्मको विषयमा निर्माता आदित्य चोपडा र अभिनेता सलमान खान बीच पछिल्लो एक वर्षदेखि चर्चा भइरहेको थियो । तर सलमानले ‘रेस ३’ को काम सकिएपछि यस फिल्ममा काम गर्न तयार रहेको कुरा चोपडालाई भनेका छन । यो फिल्म सन् २०२० मा प्रदर्शन हुनेछ । निर्देशक विजय कृष्ण आचार्यले फिल्मलाई निर्देशन गर्नेछन । आचार्य अहिलो आमिर खानको फिल्म ‘ठग्स अफ् हिन्दुस्तान’ निर्देशन गरिरहेका छन । 

‘धूम ४’ को छायाँकंनको काम अर्को वर्षदेखि सुरु गरिनेछ । फिल्मको अधिकांश दृष्य दुबईमा छायाँकंन गरिनेछ । खबरहरुका अनुसार यस फिल्ममा सलमानको भूमिका यसअघि ऋतिक रोशन र आमिर खानले निर्वाह गरेको भूमिका जस्तै हुनेछ । उनको फिल्मका लागि हुने लूक्सका लागि एउटा पोस्टर पनि तयार गरिएको छ । जसमा सलमान खान लामो कपाल र अनुहारमा ठूलो दागसहितको  लूक्समा देखिनेछन् । तर अभिनेता रणवीर सिंहको लूक तथा भूमिकाबारे कुनै पनि जानकारी सार्वजनिक गरिएको छैन । 

यसअघिका धूम सिरिजमा अभिनेता जोन अब्राहम, ऋतिक रोशन तथा आमिर खानले दर्शकलाई आफ्नो धमाकेदार अभिनय तथा एक्शनले मनोरञ्जन गराइसकेका छन । अहिले फेरि ‘धूम ४’ अभिनेता सलमान खान तथा बलिउडका पावर हाउसको पहिचान बनाएका अभिनेता रणवीर सिंह लाई साइन गर्ने कुराले फिल्मलाई लिएर चर्चा चूलिएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया