बाबुआमाले जाँड–रक्सी खाएर लछारपछार गर्दा चार महिने शिशुको ज्...
बैशाख ९, २०८२ मंगलबार
बारा - बाराको हावाहुरी प्रभावित क्षेत्रका बासिन्दा अहिले आकाशमा कालाे बादल लागेर मौसम खराब भएक पनि त्रसित हुन थालेका छन् ।
बाराको पुरैनिया, भलुहीभरवलिया, खुट्वा, हर्दिया, पर्शुरामपुर, रमपूर्वलगायत क्षेत्रका पीडितहरु त्रसित बनेका हुन् । पानी पर्ने सम्भावना भएकाे र सुरक्षाकर्मीले निर्माण गरिदिएको पालको अस्थायी टहराले पानी, असिना थेग्न नसक्ने भन्दै पीडितहरु त्रसित र चिन्तित बनेका हुन् ।
फेटा गाउँपालिका १ भलुहीभरवलियाका राजेश दासले चिन्तित हुँदै भन्नुभयो, सुरक्षाकर्मीले एउटा पालको टहरा बनाइदिएका छन्, राति जोडले पानी पर्न थाल्यो भने बस्न कहाँ जाने?“
सरकारले घर बनाइदिने घोषणा गरेको भएपनि त्यो बनाउन कम्तीमा पनि दुई/तीन महिना लाग्ने भन्दै पीडितहरु अन्योलमा परेका छन् । पानी पर्ने सम्भावना भए पनि प्रभावित क्षेत्रका स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले कुनै व्यवस्था नगरेको पीडितहरुको गुनासो छ ।
शनिबार बिहान कलैया र जीतपुर सिमरामा करिब आधा घण्टा पानीसँगै असिना पनि परेको थियो ।
पीडितहरुका लागि राहतस्वरुप आएको १०/१५ बण्डल ओछ्याउने फाइबर म्याट पनि भिजेको छ । फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले पनि सुरक्षित बासस्थानको व्यवस्था हुन नसकेको स्वीकार गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।