कहीबेर माैसम खुले पनि फेरि बदलीको सम्भावना : माैसमविद्

 चैत २४, २०७५ आइतबार ६:४५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशका धेरै ठाउँको मौसम बदली भएको छ । नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले शनिबार बिहानदेखि नै देशभरको मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार यसकै प्रभावले अहिले पनि धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ । अहिले मौसम खराब भए पनि अब केहीबेर पछि काठमाण्डौसहित मध्य र पश्चिमको धेरै ठाउँमा घाम लाग्ने उहाँको अनुमान छ ।

तर पूर्वमा भने मौसम खुल्ने संभावना कम रहेको उहाँको भनाइ छ । केहिबेरपछि मौसम खुल्ने मध्य र पश्चिममा दिउँसोपछि भने फेरि बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद् कँडेलले बताउनुभयो । 

आइतबार मध्य र पश्चिमको तुलनामा पूर्वको मौसम धेरै बदली हुनेछ । हावाहुरी र चट्याङ पनि पर्नेछ । तर आत्तिनुपर्ने अवस्था भने नरहेको मौसमविद् कँडेलले बताउनुभयो । 

प्रिमनसुनमा दिउँसोपछि बदली भई मेघगर्जन र हुवाहुरी चल्ने भए पनि केहीदिनयता नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले देशभरी कै मौसम बदली गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया