बाबुआमाले जाँड–रक्सी खाएर लछारपछार गर्दा चार महिने शिशुको ज्...
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डाै - अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुर्याउन गरिब नागरिकलाई पनि एक लाखको निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गर्नु भएको हो ।
नेपाल आँखा अस्पतालको ४५ औं वार्षिक साधारण सभालाई मंगलबार काठमाण्डाैमा उद्घाटन गर्दै उहाँले सरकारले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रमलाई देशभर सञ्चालन गर्न आवश्यक नीतिगत र कानुनी व्यवस्था पनि गरिएको जानकारी दिनुभयो ।
सरकारले ७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई एक लाखको निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको छ । अब गरिब नागरिकको पनि निःशुल्क स्वास्थ्य बीमा दिने गरी अर्थमन्त्री खतिवडाको योजना छ ।
अर्थमन्त्री खतिवडाले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच वृद्धिका लागि निजी क्षेत्रका अस्पतालहरुको पनि सहयोगको अपेक्षा गरिएको पनि स्पष्ट पार्नुभयो । नयाँ संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा राखेकाले सबै नागरिकलाई सेवामा सहज पहुँच पुर्याउन सरकार लागि परेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।