प्लाष्टिकजन्य फूल काठमाण्डौ महानगरको प्रहरी बलबाट जफत
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डौ – भारतमा आउँदो बिहीबारदेखि लोकसभा चुनाव हुँदैछ ।
चुनावलाई मध्यनजर गर्दै पार्टीहरुले प्रचार–प्रसार शैली आक्रामक बनाउँदै गएका छन् । पार्टीका घोषणापत्र पनि सार्वजनिक भैसकेका छन् । भारतीय जनता पार्टीले आफ्नो घोषणा पत्रमा फेरि राम मन्दिर, कश्मीरी पण्डितको फिर्तालगायतका मुद्दा उठाएको छ । त्यस्तै उसले आफ्नो घोषणापत्रमा राष्ट्रवादको भरपुर प्रयोग गरेको छ ।
राष्ट्रवादबाट मात्रै विकास सम्भव छ भन्दै उसले आफ्नो घोषणापत्रमा ११८ पटक राष्ट्रवाद उल्लेख गरेको छ । त्यस्तै उसले हिन्दुत्व र सबरीमाला मुद्दा पनि समावेश गरेको छ ।
कांग्रेसको घोषणा पत्रमा किसानका मुद्दालाई प्राथमिकता दिइएको छ । कांग्रेसको घोषणा पत्रमा ऋण तिर्न नसक्ने किसानहरुलाई आपराधिक मुद्दा नलगाइने तथा न्यून आय भएका किसानलाई वार्षिक ७२ हजार दिनेसम्मका कुरा उल्लेख छन् ।
यी त भारतीय नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने मुद्दा हुन् । भारतका दुई ठूला पार्टीका घोषणा पत्रमा विदेश नीति कस्ता छन् त ? पछिल्लो ५ वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रधानमन्त्री कालमा भारतीय विदेश नीति निकै कमजोर भएको बताइन्छ । ५० भन्दा बढी विदेश भ्रमण गरे पनि मोदीले सम्झनलायक कुटनीतिक सफलता हात पारेका छैनन् ।
मोदीकै कार्यकालमा छिमेकी देशहरुसँगको सम्बन्ध निकै कमजोर भएको विपक्षी दल कांग्रेसले आरोप लगाइरहेको छ । कांग्रेसको आरोप ठिकै पनि हो, पछिल्ला ५ वर्षमा दक्षिण एसियाली छिमेकी देशहरुसँग भारतको सम्बन्ध सुमधुर छैन । मोदी सरकारको ‘नेइबरहूड फर्सट’ छिमेकी पहिला भन्ने नीति त गफ मात्रै भएको छ । त्यस्तै कांग्रेसले बीजेपी नेतृत्वको सरकारका पालामा ‘नेइबरहूड लस्ट’ भारतले छिमेकी गुमाएको बताएको छ ।
कांग्रेसले बीजेपी नेतृत्वको सरकारले नेपालसँगको सम्बन्धमा तिक्तता ल्याएको बताएको छ । कांग्रेसले नेपालमा संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाएको स्पष्ट रुपमा स्वीकार नगरे पनि भारतले नाकाबन्दी लगाएको विषयमा संयुक्त राष्ट्र संघसम्म नेपाल गएको भन्ने कुरा उल्लेख गरेको छ । संयुक्त राष्ट्र संघका महासचिवले भूपरिवेष्ठित राष्ट्रका हिसाबले नेपालले निर्वाध रुपमा पारवहन सुविधा पाउनु पर्ने बताएको उल्लेख गर्दै कांग्रेसले बीजेपी सरकारको विदेश नीति असफल भएको बताएको छ ।
साथै केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढलाउन बीजेपी नेतृत्वको सरकारले भूमिका खेलेको पनि कांग्रेसले आरोप लगाएको छ ।
त्यति मात्रै होइन, कांग्रेसले भारतले श्रीलंकासँगको सम्बन्ध पनि बिगारेको बताउँदै नेपाल र श्रीलंकालाई जबरजस्ती चीनतर्फ धकेलेको आरोप लगाएको छ ।
म्यान्मारबाट लखेटिएका राज्यविहीन रोहिङ्ग्याहरुलाई मानवीयताका आधारमा पनि शेल्टर नदिएको र त्यसैले गर्दा बंगलादेशसँगको सम्बन्धमा पनि दरार आएको कांग्रेसले उल्लेख गरेको छ । बीजेपी नेतृत्वको सरकारका पालामा छिमेकी देशसँग मात्रै होइन, चीन, रुसलगायतका देशसँग पनि सम्बन्ध बिग्रेको कांग्रेसले आरोप लगाएको छ ।
कांग्रेस सरकारमा आए कस्तो हुन्छ विदेश नीति ?
भारतीय कांग्रेसले आफ्नो चुनावी घोषणा पत्रको १६औँ बुँदामा विदेश नीतिबारे स्पष्ट पारेको छ ।
दूरदर्शी नेताका कारण भारतीय स्वतन्त्रा संग्रामदेखि नै भारतको प्रभावकारी विदेश नीति सुरु भएको कांग्रेसले बताएको छ । तर पछिल्लो समय बीजेपी नेतृत्वको सरकारले भारतीय कुटनीतिक क्षेत्रलाई कमजोर बनाएको बताउँदै कांग्रेस सरकारमा आए त्यसलाई फेरि ब्युँताउने बताएको छ ।
बीजेपीको घोषणा पत्रमा कस्तो छ त विदेश नीति ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५० भन्दा बढी विदेश भ्रमण गरे पनि कुटनीतिक सफलता हात पारेका छैनन् । खासगरी नेपाल, श्रीलंका, बंगलादेश, मालदिभ्स, चीन, पाकिस्तान र भुटानसँगको सम्बन्धमा दरार आएको छ । एकअर्काबीच रहेको विश्वासको वातावरण शंकाको वातावरणमा पुगेको छ ।
वसुधैव कटुम्बकम नै प्राथमिकता
राष्ट्रिय विकास तथा सुरक्षालाई मध्यनजर गर्दै प्राचीन समयदेखि नै प्रचलित ‘वसुधैव कटुम्बकम’ लाई बीजेपीले प्राथमिकता दिने बताएको छ । कुनै पनि देशमा दैवी प्रकोप आएका बेला भारतले ‘फर्स्ट रेस्पोन्डर’ का रुपमा राहत तथा उद्धारमा खट्ने बीजेपी घोषणा पत्रमा उल्लेख छ ।
सन् २०१४ मा छिमेकी पहिले(नेइबरहूड फर्स्ट) भनेको बीजेपीले अहिले भने छिमेकीहरुलाई आफ्नो विदेश नीतिमा समेटेको छैन । सार्कको बारेमा त शब्दसमेत उल्लेख गरेको छैन । छिमेकी देशहरुसँगको सम्बन्धमा पनि उ आसियान, ब्रिक्स लगायतका क्षेत्रीय संगठनका बारेमा बढी केन्द्रित रहेको छ । उसको घोषणा पत्रअनुसार भारतीय कांग्रेसले उल्लेख गरेझैँ नै बीजेपी ‘नेइबरहूड लस्ट’ को नीति लिएर अगाडि बढेको देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मीना कडरिया
April 9, 2019, 6:58 p.m.दुबै आआफ्नो ठाउँमा ठिकै छन्