म्यानचेस्टर सिटीलाई हराउँदै टोटनह्यामले लियो अग्रता

 चैत २७, २०७५ बुधबार ८:५८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलको पहिलो लेगको खेलमा टोटेनह्यामले अग्रता लिएको छ । 

मंगलबार राति भएको खेलमा टोटेनह्यामले प्रिमियर लिगको प्रतिद्वन्दी क्लब म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटेनह्यामका लागि सन ह्युङ मिनले खेलको ७८ औ मिनेटमा विजयी गोल गरे ।

खेलको सुरुवातमै सिटीले पेनाल्टीको अवसर पाएको थियो । रहिम स्टर्लिङको प्रहार टोटेनह्यामका ड्यानी रोसीको हातमा लागेपछि रेफ्रीले सिटीलाई पेनाल्टीको अवसर दिएका थिए ।

तर सर्जियो अग्युरोको प्रहारलाई टोटेनहमका गोलकिपर ह्युगो लोरिसले बचाउ गर्दै पाहुना टोलीलाई निराश बनाएका थिए ।

दोस्रो लेगको खेल सिटीको घरेलु मैदान इतिहाद मैदानमा हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया