अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई प्रधानमन्त्री ओलीको बधाई
कात्तिक २२, २०८१ बिहिबार
बाँके – आठौँ राष्ट्रिय प्रतियोगिता अन्तर्गत नेपालगञ्जमा बुधबारबाट हक्की प्रतियोगिता सुरु भएको छ । नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको पहिलोे खेल बराबरीमा टुंगिएको छ । सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दवाबमा राखे पनि कुनै गोल गर्न सकेन । दुवै टिमले गोल गर्न नसकेपछि १/१ अंक बाँडिएको छ ।
आर्मीले ११ पेनाल्टी कर्नर पाए पनि गोल गर्न नसकेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए । गण्डकी प्रदेशले एउटा पनि पेनाल्टी कर्नरको अवसर पाएन । ‘आर्मीले गण्डकीलाई खेल अवधिभर दवाबमा राखे पनि गोल गर्न सकेन,’ उनले भने ।
आर्मीका प्रशिक्षक मानबहादुर बस्नेतले आफ्नो टिमले फिल्ड नयाँ र अगाडि खेल्ने खेलाडिको व्यवस्थापन नमिल्दा खेल अवधिभर दवावमा पारे पनि गोल गर्न नसकिएको प्रतिक्रिया दिए । उनले गण्डकी प्रदेशका प्रशिक्षकले आर्मिलाई रोक्न सक्नु नै मुख्य सफलता मिलेको प्रतिक्रिया दिए ।
उनले भने ‘हाम्रो ६ जना राम्रो खेलाडी नेपाल प्रहरीको टिममा गएकाले केहि कमजोर खेल प्रर्दशन भए पनि बराबरी हुदाँ फाइलनमा पुगेको जस्तो भान भएको छ ।’
मुख्य प्रशिक्षक पिन्टुका अनुसार दोस्रो खेल प्रदेश नं. २ र प्रदेश नं. ३ बीच सुरु भएको छ । बेलुकी तेस्रो खेल प्रदेश नं. ५ र प्रदेश नं. १ वीच हुने उनले जानकारी दिए ।
२८ चैत (बिहीवार) पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिस, दोस्रो खेल नेपाल आर्मी र प्रदेश नं. २ तथा तेस्रो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने शर्माले जानकारी दिए । उनले २९ चैतमा गण्डकी प्रदेश र २ नं. प्रदेशबीच हुने भएको छ भने दोस्रो खेल नेपाल पुलिस र ३ नं. प्रदेशबीच प्रतिस्पर्धा हुने छ । त्यसैगरी, तेस्रो खेल ५ नं. प्रदेश र कर्णाली प्रदेशबीच खेल हुने भएको छ ।
४ वैशाखसम्म सञ्चालन हुने प्रतियोगितामा ३० चैतमा प्रदेश नं. ५ र सुदूरपश्चिम प्रदेश, प्रदेश नं. १ र कर्णाली प्रदेश वीच दोस्रो र नेपाल आर्मी र प्रदेश नं. ३ बीच हुने भएको छ ।
त्यसैगरी, १ वैशाखमा पहिलो खेल नेपाल आर्मी र नेपाल पुलिसबीच हुने छ । भने, दोस्रो खेल गण्डकी प्रदेश र ३ नं. प्रदेशबीच तथा तेस्रो खेल १ नं. प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने पनि शर्माले जानकारी दिए ।
२ वैशाखमा एउटा खेल मात्र हुने बताउँदै उनले उक्त दिन २ नं. प्रदेश र नेपाल पुलिसबीच हुने जानकारी दिए । ३ वैशाखदेखि सेमिफाइनलका खेल हुने भएको छ । भने ४ वैशाखमा फाइनल खेल हुने उनले बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।