मौसममा आंशिक सुधार : मौसमविद्

 चैत २८, २०७५ बिहिबार ८:१९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसममा सुधार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

केहीदिनयता देशभरीकै मौसम बिहानैदेखि बदली भई हुरीबतास र पानी परेको न्यूनचापीय रेखा केही तल सरेकाले अबको केही दिन मौसम सफा हुने देखिएको मौसमविद्ले बताएका छन् ।

तर प्रिमनसुन भएकाले दिउँसोपछि मेघगर्जन र हावाहुरीसहित केहि ठाउँमा पानी भने पर्नेछ । आंशिकदेखि सामान्य बदली भई अपरान्हपछि केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसमविद् विभूति पोख्रेलका अनुसार बिहीबार मध्य र पूर्वको केहि ठाउँमा र पश्चिमको एक दुई ठाउँमा दिउँसोपछि पानी पर्ने संभावना छ । तर ठूलो पानी पर्ने वा तीब्र गतिको हावाहुरी चल्ने संभावना भने कम रहेको उहाँले बताउनुभयो । अहिलेको अवस्था हेर्दा अबको तीन दिन देशभरी कै मौसम दिउँसोपछि सामान्यदेखि आशिंक बदली भए पनि ठूलो पानी पर्ने वा तीव्र गतिको हावाहुरी भने नचल्ने उहाँको अनुमान छ ।

बिहान मौसम खुले पनि दिउँसोपछि बदली भई हावाहुरी र मेघगर्जनसहित पानी पर्नु प्रिमनसुनको विशेषता हो । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया