आयाक्सविरुद्ध बराबरीमा रोकियो युभेन्टस

 चैत २८, २०७५ बिहिबार ८:५६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

क्रिष्टियानो रोनाल्डोले महत्वपूर्ण अवे गोल गरे पनि च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगमा युभेन्टसले नेदरल्याण्ड्सको आयाक्सविरुद्ध एक–एक गोलको बराबरी खेलेको छ ।

रोनाल्डोले आयाक्सविरुद्ध पहिलो हाफको अन्त्यतिर जोआओ कन्केलोको क्रसमा डाइभिङ हेडर गोलसहित १२५ औं गोल पूरा गरेका छन् ।

यस गोलले पहिलो हाफमा युभेन्टसलाई अग्रता दिलायो । तर, दोस्रो हाफको एक मिनेटभित्रै आयाक्सले घरेलु मैदानमा बराबरी गोल फर्कायो । डेभिड नेरेसले १५ यार्डबाट उत्कृष्ट गोल गरेका थिए ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया