पूर्व राजाकाे झाेला छोडेर फर्किएकाे गाडीले ठक्कर दिँदा एक जनाकाे ज्यान गयाे

 चैत २८, २०७५ बिहिबार १३:१३:४ | उज्यालो सहकर्मी

माेरङ - विराटनगर विमानस्थलमा पूर्व राजा ज्ञानेन्द्र शाहका झोलाहरु छाड्नको लागि आएको कार गए राति मोरङको सुन्दर हरैचा नगरपालिका वडा नम्बर ४ बुधबारेमा दुर्घटनामा परेको छ ।

राति ९ बजे विराटनगर विमानस्थलमा राजालाई छाडेर फर्किँदै गर्दा  बुधबारे चोकमा कारको ठक्करबाट मोटरसाइकलमा यात्रा गरिरहेका १ जनाको ज्यान गएकाे छ भने १ जना घाइते भएका छन् । 

पूर्वतर्फ जाँदै गरेको बा ३ च ७९६२ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई राति ९ बजे ठक्कर दिएको थियो । 

कारको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय हेम चौधरीको नोबेल अस्पताल विराटनगर  उपचारको क्रममा  ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक इटहरी उप–महानगरपालिका–८ बस्ने २२ वर्षीय प्रकाश चौधरीको नोबेल अस्पतालमा उपचार भैंरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले जानकारी दिए ।  

एसपी केसीका अनुसार पूर्व राजा चढेको गाडी नभई उहाँको सामान बोकेको  भरिया कारले ठक्कर दिएको हो ।  

पूर्व राजा ज्ञानेन्द्र शाह हिजो साँझ ६ बजेको श्री एयरबाट फर्किनु भएकाे हाे । ठक्कर दिने गाडीका चालक  दिपेन्द्र लम्साल  प्रहरीको नियन्त्रणमा रहेको एसपी केसीले बताउनुभयाे । 
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया