आन्दोलनरत चिकित्सकलाई काममा फर्कन सरकारको आग्रह

 चैत २८, २०७५ बिहिबार १५:९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारी चिकित्सकलाई आन्दोलन छाडेर काममा फर्किन सरकारले आग्रह गरेको छ । समायोजनको विरोधमा सात दिनदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्दै चिकित्सकहरु आन्दोलन उत्रँदा विरामीहरु मर्कामा परेका छन् । 

सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आन्दोलन गरेर चिकित्सकहरुले आफ्नै मर्यादाको ख्याल नगरेको बताउनुभयो । 

सरकारले खटाएको ठाउँमा जान्न भनेर आन्दोलन गर्नु उचित नभएको भन्दै उहाँले यो समस्याको समाधान एक दुई दिनमा नै निस्कने बताउनुभयो । ‘चिकित्सकहरु सहमति निकट छन्, एक दुई दिन अझै यस्तो चल्छ, तर उनीहरु सहमतिमा आउनुको विकल्प छैन,’ उहाँले भन्नुभयो ।  

सरकारले सेवा सुविधाका बारेमा कुनै समस्या आउँदैन भनेर भनिसकेको भन्दै कानुनभन्दा बाहिरका मागका विषयमा कुरा हुन नसक्ने स्पष्ट पार्नुभयो ।   

चिकित्सकहरुले हामी विशेषज्ञ हौँ हामी जहाँ बस्छौँ नागरिकहरु उपचारका लागि त्यहीँ आउनुपर्छ भन्ने कुरामा सरकार कदापी नमान्ने भन्दै उहाँले सरकारले खटाएको ठाउँमा चिकित्सक जानुपर्नेमा जोड दिनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया