स्व. दिवाकर गोल्छाको पशुपति आर्यघाटमा अन्त्येष्टि

 चैत २८, २०७५ बिहिबार १९:१८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उद्योगी स्वर्गीय दिवाकर गोल्छाको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उपचारका क्रममा भारतको चेन्नइमा निधन भएका उद्योगी तथा पूर्व सांसद गोल्छाको मारवाडी समुदायको रीति अनुसार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो । 

गोल्छाको पार्थिव शरीर भारतबाट बिहीबारै दिउँसो ३ बजे काठमाण्डौ ल्याएर साँझसम्म गोल्छा निवास बुद्धनगरमा श्रद्धान्जलीको लागि राखिएको थियो । मृगौलासम्बन्धी रोगको उपचारको लागि भारत गएका गोल्छाको मंगलबार राति निधन भएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहिसक्नु भएका ६७ वर्षीय गोल्छाको नेपालको औद्योगीकरणमा महत्त्वपूर्ण भूमिका रहेकाे छ । नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना पूर्वउपाध्यक्षको श्रद्धान्जली सभा भने वैशाख २ गते काठमाण्डाैमा गर्ने बताएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया