अलोन्सोको एक गोलले चेल्सीको जित

 चैत २९, २०७५ शुक्रबार ६:५८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

यूईएफए युरोपा लिगको क्वार्टरफाइनलको पहिलो लेगमा चेल्सी एक शून्यको झिनो अन्तरले विजयी भएको छ । 

बिहीबार राति भएको खेलमा चेल्सीले चेक गणतन्त्रको टिम स्लाभिया प्रागलाई हरायो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । 

८६ औँ मिनेटमा अलोन्साेले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । अलोन्साेको त्यही गोल नै निर्णायक हुन पुग्यो ।

घरेलु मैदामा प्रागले केही राम्रा मौका निकाले पनि गोल गर्न  भने सकेन । अब दोस्रो लेग चेल्सीको मैदानमा अप्रिल १ मा हुनेछ । 


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया