नापोलीमाथि आर्सनलको सहज जित

 चैत २९, २०७५ शुक्रबार ७:६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

आर्सनलले नापोलीलाई दुई शून्यले हराउँदै युरोपा लिगको सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । बिहीबार राति भएको खेलमा आर्सनलले इटालियन क्लब नापोलीलाई घरेलु मैदानमा पराजित गर्‍यो। 

रोमाञ्चक बनेको खेलको १४ औं मिनेटमा नै आरोन राम्सेले गोल गर्दै टिमलाई घरेलु दर्शकमाझ अग्रता दिलाए । खेलको २५ औं मिनेटमा कोउलीबालीले आत्मघाती गोल गरेपछि आर्सनलले खेलमा दुई शून्यको अग्रता बनायो ।

सिरी ए को दोस्रो स्थानमा रहेको नापोलीले खेलमा फर्कन निकै प्रयास गरेको थियो तर सफल भएन । जसका कारण आर्सनल दुई शून्यले विजयी भयो । 

प्रतियोगिताको दोस्रो लेग नापोलीको मैदानमा अर्को बिहीबार हुनेछ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया