पहाडी भूभागमा बदलीको सम्भावना, अन्य ठाउँकाे माैसम सफा रहने माैसमविदकाे अनुमान

 चैत २९, २०७५ शुक्रबार ८:२३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शुक्रबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

अहिले देशका धेरै ठाउँको मौसम सफा छ । स्थानीय वायुको प्रभावले केही ठाउँको मौसम भने आशिंक बदली भएको छ । शुक्रबार दिउँसोपछि पहाडी क्षेत्रको मौसम बदली भई एक दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना भए पनि अन्य ठाउँको मौसम भने सफा रहने मौसमविद्ले अनुमान गरेका छन् । 

अबको एकदुई दिन पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भए पनि अन्य ठाउँको मौसम सफा रहने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया