सर्लाहीमा बस दुर्घटना : तीनजनाको ज्यान गयो, आठजना घाइते

 बैशाख १, २०७६ आइतबार ९:२०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – सर्लाहीको नवलपुरमा बस दुर्घटना हुदाँ तीनजनाको ज्यान गएको छ । आठजना घाइते भएका छन् ।

काठमाण्डौबाट सुनसरीका लागि छुटेको बा २ ख १३१८ नम्बरको बस सर्लाहीको नवलपुरमा पल्टिँदा श्रीकान्त चौधरी, बबली उराँउ र  अनिल उराँउको ज्यान गएको जिल्ला ट्रफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक राजकुमार शाहीले जानकारी दिनुभयो । 

ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको जलविरेमा रहेको जलविद्युत आयोजनामा काम गर्ने मजदूर रहेको परिचय खुले पनि ठेगाना भने नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते तीनजनालाई थप उपचारका लागि विराटनगर लगिएको छ ।  
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया