लुक्ला विमान दुर्घटना : तीनजनाको ज्यान गयो

 बैशाख १, २०७६ आइतबार १०:५५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – लुक्ला विमानस्थलमा समिट एयरको विमान मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । चारजना घाइते भएका छन् ।

घाइते हुनेमा विमान र हेलिकोप्टरका पाइलट छन् । बिहान ९ बजेर १० मिनेटमा काठमाण्डौका लागि उड्न लागेकाे समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर रोकिराखेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किँदा विमानका कोपाइलट सुजित ढुंगाना र धावनमार्गमा ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको ज्यान गएको हो ।

अर्का एकजना प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाण्डौ ल्याइएकोमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया