बैसाखीको सहारामा फुटबल खेल्ने म्यानमारका कुआंग: लियाेनल मेस्सीका 'डाइ हार्ड फ्यान'

 बैशाख १, २०७६ आइतबार १७:४२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - म्यानमारको यांगुनका कुआंग खात लिन १६ वर्षका भए । उनको दायाँ खुट्टा खराब छ । जसका कारण उनी बैसाखी लिएर हिँड्छन् । तर उनी राम्रो फुटबल खेल्छन् भन्दा पत्यार नलाग्न सक्छ । 

बैसाखीको सहाराले हिँडे पनि फुटबल खेल्दा देब्रे खुट्टाले राम्रोसँग बललाई नियन्त्रणमा लिन सक्छन् । अझ अचम्मको कुरा के हो भने हालै भएको स्थानीय टुर्नामेन्टमा कुआंग उत्कृष्ट खेलाडी नै घाेषित भए । उनी अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीका ‘डाइ हार्ड’ फ्यान पनि हुन् । 

कुआंगले भने ‘जब म फुटबल खेल्न सुरु गर्छु, मैले मेरो खुट्टा कमजोर छ भन्ने कुरा नै बिर्सन्छु र अरु सामान्य मान्छेजस्तै खेल्छु । उनी अहिले पनि नियमित रुपमा म्यानमारको यांगुन बाहिरको क्षेत्रमा रहेको फुटबल मैदानमा अभ्यास गर्दै आएका छन् । खेल्दा पनि बैसाखी नछाड्ने कुआंगमा विपक्षी खेलाडीलाई बल छलाउने कला अचम्मको रहेको छ । 

उनको खुट्टा सानैदेखि खराब थियो । पाँच वर्षको उमेरमा नै बैसाखीको सहारामा रहेका बेला उनल्फे टबल किक हानेका थिए । उनका साथीहरु कुआंगलाई फुटबलमा रोक्न गाह्रो पर्ने बताउँछन् । स्कूलमा पनि उनी मेहनती विद्यार्थीमा पर्छन् । उनको इच्छा भनेको मेकानिकल इन्जिनीयर तथा फुटबलको प्रशिक्षक बन्ने छ ।   

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया