आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : साइक्लिङमा लक्ष्मी र ओकेशलाई स्वर्ण

 बैशाख २, २०७६ सोमबार १४:१९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालगञ्ज - आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको साइक्लिङमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका ओकेशरत्न बज्राचार्य र महिलातर्फ प्रदेश ३ की लक्ष्मी मगरले स्वर्ण पदक जित्न सफल भएका छन् ।

आर्मीका ओकेशरत्नले १ घन्टा २५ मिनेट ०९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण जिते भने आर्मीकै हिमाल टमाटाले १ घन्टा २६ मिनेट ०९ सेकेन्डमा पूरा गर्दै रजत पदक जित्न सफल भए । यस्तै गण्डकी प्रदेशका हिक्मत विकले १ घन्टा २६ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै कास्य पदक प्राप्त गरे ।

यस्तै महिलातर्फ स्वर्ण जित्न सफल लक्ष्मीले १ घन्टा २० मिनेट ५२ सेकेन्डमा दूरी पार गरिन् । गण्डकी प्रदेशकी उषा खनालले १ घन्टा ३३ मिनेट ३८ सेकेन्डमा दूरी पार गर्दै रजत जितिन् भने प्रदेश ३ की निर्जला ताम्राकाकरले १ घन्टा ३५ मिनेट ५६ सेकेन्डमा दूरी पार गर्दै कास्य जितेकी हुन् । 

सोमबार वैजनाथ–१, गाभरमा भएको साइक्लिङ विधा अन्तर्गतको क्रसकन्ट्री ओलम्पिकमा पुरुषतर्फ ४.६ किमीको ५ ल्याप र महिलातर्फ ४.६ किमीको ४ ल्यापमा प्रतियोगिता गराइएको थियो ।

विजयी खेलाडीहरुलाई प्रदेश ५ का सांसद आइपी खरेल, प्रदेश ५ खेलकुद विकास समिति अध्यक्ष भीम ओली लगायतले मेडल, प्रमाणपत्र र मायाको चिनो प्रदान गर्नुभयो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया