सुनको भाउ ताेलाकाे २ लाख नजिक, एकैदिन ६ हजार ९ सय रुपैयाँ...
बैशाख ९, २०८२ मंगलबार
नवलपरासी – भारतले गण्डक नहरमा एकतर्फी रूपमा सुरु गरेकाे काम नवलपरासीका स्थानीयवासीन्दा राेकेका छन् । भारतीय ठेकेदारद्वारा धाेबाहा नालामा सफाइकाे कामकाे लागि लगाइएकाे भारतीय एक्स्काभेटर प्रतापपुर गाउँपालिकाका स्थानीयबासीन्दाले आइतबार राेकेका हुन् ।
प्रतापपुर गाउँपालिकाकाे वडा नम्बर ६ कठहवास्थित धाेबाहा नालामा कामकाे स्टिमेट र सहमति तयार नै नगरेर स्थानीयवासीन्दाको निजी जग्गामा भारतीय एक्स्काभेटरको प्रयाेग गरिएकाे अवस्थामा स्थानीयकाे आक्राेशित भीडले एक्स्काभेटर मेसिन राेकेर काम राेकिएकाे हाे । बिना अनुमति तथा सहमति जथाभावी नाला खन्दा किसानकाे जग्गा खनिएकाे आरोप छ ।
किसानकाे लालपूर्जाकाे जग्गामा नाखा खन्न वा कुनै पनि भारतीय संरचना बनाउन नेपाल सरकारकाे सहमति हुनुपर्ने र किसानकाे जग्गाकाे क्षातिपूर्ति दिनुपर्ने हाे तर त्यसाे नगरेर एकाएक रूपमा खन्न थालिएपछि विभिन्न ५ बुँदे माग राखी आन्दाेलित भएका छन् ।
चाेर्निया खाेलाकाे पानी प्राकृतिक रूपमा निकास हुदै आएकाे धाेबहा खाेलामा बिना सहमति भारतीय ठेकेदारले नाला खन्न थालेपछि आक्राेसित स्थानीय एक्साभेटर राेकेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।