लेगानेससँग बराबरीमा रोकियो रियल मड्रिड

 बैशाख ३, २०७६ मंगलबार ७:१७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा रियल मड्रिडले अर्को बराबरी खेलेका छ । सोमबार राति भएको खेलमा लेगानेससँग एक–एक गोलको बराबरीमा रोकिएपछि रियललाई अर्को धक्का लागेको छ ।

लेगानेसको मैदानमा भएको खेलमा रियललाई करिम बेन्जिमाले हारबाट बचाए । खेलको पहिलो ४० मिनेट गोलरहित बराबरी भएको खेलको ४५ औं मिनेटमा जे सिल्भाले गोल गर्दै घरेलु टिम लेगानेसलाई अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफको सुरुवातमा नै अर्थात ५१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै खेल एक एकको बराबरीमा पुर्याए । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र रियलले बराबरीमा चित्त बुझायो । 

यो बराबरीले रियल शीर्ष दुईमा रहेको एट्लेटिकोसँगको दूरी कम गर्न पनि असफल भएको छ । रियलको ३२ खेलमा ६१ अंक भएको छ भने शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट ७४ र एट्लेटिकोको ६५ अंक छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया